Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

  • काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गर्नुुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राख्नुुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूूमा बहुुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गर्नुुभयो । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘‘नेपाल कम्युनिष्ट पार्टी९नेकपा० एउटै पार्टीको बहुुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’ 

    AGNI GROUP

    सरकारकोे सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुुभयो, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’

    प्रधानमन्त्री ओलीसँग सदस्यहरु जीतेन्द्रनारायण देव, प्रमिला कुुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटाले राष्ट्रियसभाको आजदेखि गरिन लागेको अधिवेशन अन्त्य, प्रतिनिधिसभा विघटन र निर्वाचनमा जाने कदमप्रति असहमति जनाउँदै के कति कारणबाट यस्ता निर्णय गरियो भनी प्रश्न राख्नुुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij