Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

वर्तमान राजनीतिको समीक्षा गर्न ढिला भयो : ज्ञानेन्द्र शाह

वर्तमान राजनीतिको समीक्षा गर्न ढिला भयो : ज्ञानेन्द्र शाह

  • काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिको समीक्षा गर्न विलम्ब भइसकेको बताएका छन्। २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर पराइको इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भइरहेको आरोप लगाएका छन्। ‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहंदै आएको छ। हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो। तर हामीले व्यहोरेको राजनीति कति इमान्दार, राष्ट्र केन्द्रित र जनहित अनूकुल छ त्यसको समीक्षा गर्न अब विलम्ब भैसकेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने बताउँदै उनले यसको औचित्य हिँजो पनि रहेको र अहिले र भविष्यमा पनि हुने बताएका छन्। ‘यसमा नै पृथ्वी जयन्तीको सार्थकता रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

    AGNI GROUP

    नेपाली भनेका नेपाली नै हून। कुनै अर्को जलप लगाएर हुँदैनन् भन्ने राष्ट्रभक्तिले ओतप्रोत पृथ्वीनारायण शाहले आफ्नो पूरै जीवन समपर्ण गरेको स्मरण गर्दा पनि सबै नेपाली गौरवान्वित हुने बताउँदै उनले यो समयमा सबै नेपाली देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताएका छन्। त्यतिबेलाको समयमा आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र विरताबाट मात्र सम्भव नभएको बताउँदै उनले दैवी आशीर्वाद, अध्यम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्धितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको बताएका छन्। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij