Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

विघटन सदर गरे निर्वाचनमा जाने हो : देउवा

विघटन सदर गरे निर्वाचनमा जाने हो : देउवा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कमदलाई सदर गरे पार्टी निर्वाचनमा जाने दोहोर्‍याएका छन्। प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिन पार्टीभित्रैबाट दवाव परिरहेका बेला आइतबार आफ्नै निवास बूढानीलकण्ठमा सूर्यप्रसाद उपाध्यायको पुस्तक विमोचन गर्दै देउवाले निर्वाचन र पुनस्र्थापना दुवैका लागि पार्टी तयार रहनुपर्ने बताएका हुन्। अदालतमा विचारधीन विषयमा पार्टीले धेरै बोल्नु उपयुक्त नभएको सभापति देउवाले भने, ‘सबैभन्दा ठूलो अदालत जनता हो ।’

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले संविधान सभाबाट नयाँ संविधान निर्माण गर्दा आफू पनि रहेको स्मरण गराउँदै वर्तमान संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षाका लागि पार्टी र आफुले कोही कसैसँग सम्झैता नगर्ने स्पष्ट पारे। त्यसअघि बोलेका पार्टीका अन्य नेताहरूको धारणालाई लक्षित गर्दै देउवाले संविधान र यो व्यवस्थाका विषयमा आफूलाई पनि राम्रो जानकारी रहेको सुनाएका थिए।

    AGNI GROUP

    पृथ्वीनाराण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन पार्टीका नेताहरूबाट प्रस्ताव गरे पनि सभापति देउवाले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउँदै राजा आउ देश बचाउ भनिएका बेला पृथ्वीनाराण शाहको शालिकमा माल्यापर्ण गर्न जान नसकिने देउवाले स्पष्ट पारेका छन्।

    कार्यक्रममा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले वर्तमान संविधान फ्याँकेर मुलुकलाई अन्धकारतिर धकल्दा कांग्रेस चुप लागेर बस्न नहुने धारणा राखेका थिए। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij