Jun 16 2026 | २०८३, असार २ गते
वीरगञ्ज – लक्ष्मी पूजाको दिन आगलागीमा परि मृत्यु भएको भनिएकी पर्सा बहुदरमाई नगरपालिकाकी १५ वर्षकी एक किशोरीको उनकै परिवारले हत्या गरेको खुलेको छ। मृतक माना गाउँको विद्यालयमा कक्षा ९ मा अध्यनरत थिइन्। सोही स्कुलमा पढाउने शिक्षक रामबाबु चमारसँग उनको सम्बन्ध रहेको भन्ने कुरा खुल्न आएको प्रहरी निरीक्षक थापाको भनाइ छ।
गत कार्तिक २९ गते लक्ष्मी पूजाको राति करिब १० बजे भएको आगलागीमा परि बहुदरमाई नगरपालिका ८ रामनगरी टोलकी १५ वर्षकी किशोरी माना कुमारी साहको मृत्यु भएको भनिएको थियो।दलित समुदायका शिक्षक रामबाबुसँग उठबस गरेका कारण इज्जत फालेको भन्दै आमाबुवाले मिलेर छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटना स्थलमा प्रहरी पुगेर हेर्दा किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको खुलेको थापाले बताए। हत्यामा आफु संलग्नता नरहेको बयान दिए शिक्षक रामबाबु चमारले, प्रहरी निरीक्षक थापाले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij