Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सवारी दुर्घटना गराएको आरोपमा नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

सवारी दुर्घटना गराएको आरोपमा नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

  • काठमाडौं । सवारी दुर्घटना गराएको आरोपमा नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सुर्खेत प्रहरीले पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो ।

    AGNI GROUP

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    बाँस्तोलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij