Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रदेश प्रमुख कलौनीद्वारा २२९औँ पृथ्वीजयन्तीको शुभकामना

प्रदेश प्रमुख कलौनीद्वारा २२९औँ पृथ्वीजयन्तीको शुभकामना

  • कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै उहाँले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “जातीय, धार्मिक, सांस्कृतिक विविधता भएका जनताकाबीच एकापसमा समन्वयगरी बलियो सुत्रमा एकताबद्ध गर्दै पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियानमार्फत तत्कालीन् अवस्थामा छरिएर रहेका बाइसे–चौबिसे राज्य एकीकृत भएका थिए, आजको यही दिनले सबैलाई एकताबद्ध भई राष्ट्रिय हितलाई सर्वोपरी मानेर अगाडि बढ्न प्रेरणा पैदा गर्ने विश्वास लिएको छु ।” 
     
    उहाँले यो ऐतिहासिक दिनले राष्ट्रिय एकता र बन्धुत्व भावना अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र सुन्दर, शान्त एवं समुन्नत् नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij