Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

  • काठमाडौं । नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा हिजो (शनिवार) सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”को अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरु महासंघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति रहेको थियो ।

    AGNI GROUP

    २१ औं साधारण सभा बाट आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धिताल निर्वाचित भएका छन् । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

    सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।

    निर्वाचन प्रजातान्त्रिक प्रकृया मात्र भएको र जो जसको प्रत्यासि रहेपनि आगमि दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघअगाडि वढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रंसाद धितालले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij