
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौंं । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट् बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए ।
कारागारले २०लाख हाराहारी बक्यौता तिर्न बाँकी छ ।
केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । केही दिनअघि नै लाइन काट्ने तयारी थियो । तर कारागार कार्यालयले समय मागेपछि रोकिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij