Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै

थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै

  • सञ्चिता घिमिरे, काठमाडौँ । नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल)गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले झण्डै एक दशक पहिले जडान गरेको उपकरण प्रयोगमा ल्याएर परीक्षण गर्न लागिएको हो । 

    onlinepatrika
    Arghakhachi

    सरकारले सो उपकरण झण्डै रु तीन करोडमा खरिद गरेको थियो । उपकरण प्रयोगमा आउन नसक्दा थन्किएको थियो भने सवारीसाधनको हेरेर मात्रै परीक्षण हुँदै आएको केन्द्रका प्रमुख मणिराम भुषालले बताउनुभयो । उहाँकाअनुसार उपकरण प्रयोगमा ल्याउनका लागि केही समय पहिले निर्माण कम्पनीसँग छलफल गरिएको थियो । 

    AGNI GROUP

    निर्माण कम्पनीका प्रतिनिधि केही महिना पहिले बोलाइएको सेन्टरका प्रमुख भुषालले बताउनुभयो । उहाँका अनुसार चिनियाँ निर्माण कम्पनीका मुख्य इञ्जिनीयरलगायतको टोलीले उपकरणको अवस्था हेरेर मर्मत गर्न सकिने सल्लाह दिएको थियो । “टोङ्ली इक्युपमेन्ट प्रालिका प्राविधिकले सेन्सरलगायतका कतिपय मेकानिकल सामान फेर्नुपर्छ भनेको थियो”, उहाँले भन्नुभयो, “काम लाग्ने सामान राखेर काम नगर्ने साना भाग फेरेर सञ्चालनमा ल्याइनेछ ।”

     निर्माण कम्पनीकै सल्लाहअनुसार मर्मतका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो । “सेन्टरले आगामी दुई तीन महिनामा चलाउने योजनाका साथ काम अघि बढाएको छ, सो मर्मतका लागि रु ४८ लाखमा ठेक्का सम्झौता भएको छ”, उहाँले भन्नुभयो । स्थानीय निर्माण कम्पनीले निर्माण कम्पनीसँगको समन्वयमा काम गर्ने उहाँले जानकारी दिनुभयो । भुषालले भन्नुभयो, “निर्माण कम्पनीले साना–साना काम गर्दैन, त्यसैले नेपाली कम्पनीले सामान्य मर्मत गर्छ भने मुख्य काम निर्माण कम्पनीले गर्नेछ ।”

    उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६÷६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा ठुला र साना सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेका छन् । कुनै पनि सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्मतपछि दुवै लेन सञ्चालनमा आउने छन् ।”

    प्रमुख भुषालका अनुसार उपकरण जडान भएर लामो समयसम्म थन्किएकाले विभिन्न पार्ट र कम्प्युटरमा समस्या आएको छ । उपकरण निर्माण गर्ने कम्पनीलाई खरीद गर्ने ठेकेदार कम्पनीले पूरै रकम नदिएकाले हस्तान्तरण नै भएको नभएको बताइएको छ । त्यतिबेला फिनिसिङको काम र सफ्टवेयरको काम नगरी निर्माण कम्पनीले छाडेको सेन्टरले जनाएको छ । 

    मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रूपमा परीक्षण गर्न उपकरण प्रयोगमा ल्याउन खोजिएको सेन्टरका प्रमुख भुषालले बताउनुभयो । सवारीसाधनको छ÷छ महिनामा जाँचपास हुने गरे पनि अहिलेसम्म परीक्षण झारो टार्ने किसिमको मात्रै रहेको छ । आँखाले हेरेर जाँच गरिँदा सवारीसाधनको वास्तविक अवस्था जानकारी नहुने प्रमुख भुषालको भनाइ छ । 

    सो उपकरण सञ्चालनमा आएपछि साना र ठुला दुवै खालका सवारीसाधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुनकुन भागको अवस्था कस्तो छ भनी जानकारी पाइनेछ । सवारीसाधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनःमर्मत गरेर ल्याएर अवस्था ठिक भएपछि मात्रै प्रमाणपत्र पाउने सेन्टरले जनाएको छ । 

    सो उपकरण प्रयोगमा आएपछि ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन ९पाङ्ग्राको साइड स्लिप०, हर्नको अवस्था, हेडलाइटलगायतको समेत यसमा परीक्षण हुनेछ । त्यससँगै च्यासिस खिया वा कोतरिएकोे अवस्था बुझ्नका लागि ‘भिजवल इन्स्ट्रक्स’ समेत हुने गरेको छ । हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पु¥याएर र गह्रौँ सवारीसाधन भइरहेकै स्थानमा तल्लोतलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् । 

    संविधानले यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी तीनै तहलाई दिएको छ । पालिकाभित्र चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिका, अन्तरपालिका चल्ने सवारीसाधनको प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । सेन्टरलाई अन्तरप्रदेश चल्ने गाडीको जाँचपास, स्तर कायम, प्रदूषण जाँच र रुट अनुमतिसमेतको जिम्मेवारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij