Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

३५ जिल्लामा पुगे स्टक ब्रोकरका शाखा

३५ जिल्लामा पुगे स्टक ब्रोकरका शाखा

  • काठमाडौं । विभिन्न जिल्लामा स्टक ब्रोकर कम्पनीहरुले शाखा विस्तारको क्रमलाई बढाएका छन् । ब्रोकर कम्पनीहरुले काठमाडौंसहित देशका ३५ जिल्लामा  शाखा विस्तार गरेका छन् ।

    images
    images
    images

    नेपाल स्टक एक्स्चेन्जका अनुसार देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी ८२ स्टक ब्रोकरमध्ये ४३ कम्पनीले काठमाडौंबाहिर शाखा विस्तार गरेका छन् भने ३९ कम्पनीहरु काठमाडौं जिल्लामा मात्रै सञ्चालनमा छन् ।

    काठमाडौंबाहिर कास्की जिल्लामा सबैभन्दा धेरै ९ ब्रोकर कम्पनीका शाखा विस्तार भएका छन् । काठमाडौंबाहिर भिजन सेक्युरिटिज ब्रोकर कम्पनीले सबैभन्दा बढी शाखा विस्तार गरेको छ । काठमाडौंबाहिर कम्पनीले ११ वटा शाखा विस्तार गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij