Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

अनुभव

मलेसियन सांसदसँग संसदीय प्रक्रियाकाबारे अनुभव आदानप्रदान

मलेसियन सांसदसँग संसदीय प्रक्रियाकाबारे अनुभव आदानप्रदान

सांसदहरुसँग संसदीय प्रक्रियाको अनुभव आदानप्रदान गरिएको हो ।

  • काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाकावारे अनुभव आदान प्रदान भएको छ । 

    images
    images
    images

    मंगलबार बसेको राष्ट्रिय सभाविकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाको अनुभव आदानप्रदान गरिएको हो । 

    बैठकमा मलेसियाकी सांसद रोदजिया बिन्ती इस्माइलले आफू महिला बालबालिकासँग सरोकार राख्ने समितिमा आवद्ध रहेको भन्दै नेपालको तुलनामा लैङ्गीक हिसाब लेमलेसियामा महिलाको कम प्रतिनिधित्व रहेको बताइन् ।

    कसरी महिला र बालबालिका सम्बन्धी विषयहरुलाई अझ शसक्क्त रुपमा समितिमा उठाउन सकिन्छ र अगाडि बढाउन सकिन्छ भन्ने यतिबेलाको मुख्य चुनौती रहेको उनको भनाइ छ । 

    उनले भनिन्,‘महिला बालवालिका सँग सरोकार राख्ने समितिमा छु । लैङ्गीक हिसाबले हाम्रो प्रतिनिधित्व नेपालको तुलनामा केही कम रहेको छ । हाम्रो चुनौती भनेको कसरी महिला र बालबालिका सम्बन्धी विषयहरुलाई अझ शसक्क्त रुपमा समितिमा उठाउन सकिन्छ र अगाडि बढाउन सकिन्छ भन्ने यतिबेलाको चुनौती हो ।’

    यस्तै, उनले मलेसियामा तल्लो सदनमा महिला सांसदहरुको प्रतिनिधित्व पछिल्लो कार्यकालमा २४ प्रतिशत रहेको तर अहिले घटेर साढे १३ प्रतिशतमा झरेको जानकारी गराइन् । उनले नेपालको प्रदेश सभा र संघीय संसदमा भएको महिलाको प्रतिनिधित्वबाट धेरै कुरा आफूहरुले सिक्न सक्ने विश्वास व्यक्त गरिन् । 

    ‘तल्लो सदनमा यतिबेला महिला सांसदहरुको प्रतिनिधित्व पछिल्लो कार्य काल भन्दा केही घटेको छ । पहिलो कार्यकालमा २४ प्रतिशत महिला हुनुहुन्थ्यो तर अहिले साढे १३ प्रतिशतमा झरेको छ । यो हाम्रो चिन्ताको कुरा हो । यहाँको प्रदेश सभा र संघीय संसदमा भएको महिलाको प्रतिनिधित्व बाट धेरै कुरा हामीले सिक्न सक्छौं भन्ने लागेको छ ।’

    त्यस्तै बैठकमा सांसद वामदेव गौतमले मलेसियन सांसदहरुबाट त्यहाँको अनुभव सुन्न पाउँदा धेरै खुसी लागेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij