Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

पोषणको अभाव

गाजामा अनिकाल र जोखिमको खतरा

गाजामा अनिकाल र जोखिमको खतरा

यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो ।

  • काठमाडौं । लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।

    images
    images
    images

    गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र कुपोषण, भोकमरी, रोग र मृत्युको विनाशकारी अवस्थामा छन् । डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक सङ्कटहरू मध्ये एक हो, जुन वास्तविक समयमा प्रकट हुन्छ भनेको छ ।

    डब्लुएचओ सदस्य रहेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी)साझेदारीले आज खाद्य सुरक्षा विश्लेषण जारी गरेको छ ।

    अनिकाल अझै घोषणा गरिएको छैन, तर मानिसहरू अहिले भोकमरीमा छन् । गाजाको तीन चौथाइ जनसङ्ख्या ‘आपत्कालीन–विनाशकारी’ अभावमा छन् । यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो ।

    यदि स्थिति जारी रह्यो भने पाँच वर्षमुनिका करिब ७१ हजार बालबालिका आगामी ११ महिनामा तीव्र कुपोषण हुने अपेक्षा गरिएको आइपिसीको रिपोर्टमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij