Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह

विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह

  • काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।

    उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुई वटा बनाए । तर, चलेका छैनन् । पोखरा र भैरहवा । काठमाडौं विमानस्थलमा नागरिकको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ । लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ। त्यसको पनि बेइज्जत नगरौं ।’

    साथै उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij