Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कोरिया

भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो ।

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र(एनओसी)दिन स्थगित गरेको छ ।
    मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न)शुरूदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कार्यदल गठन गरिएको छ ।

    AGNI GROUP

    उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    कोरियामा अन्डर ग्राजुयट अध्ययनका लागि विद्यार्थीहरू डी टु र डी फोर भिषामा जाने गर्छन् । डी टु भिसामा जानेहरू कोरिया पुगेपछि सीधै आफूले पढ्न चाहेको कलेज र कोर्षमा नामांकन गराउँछन् ।

    विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जाने बित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको गुनासो आएको मन्त्रालयले उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij