Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ’

‘संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ’

  •  रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले प्रतिनिधि सभा पुनर्स्थापना हुनेरनहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशहरूले बोल्नु पनि गलत भएको टिप्पणी गर्नुभयो ।

    AGNI GROUP

    विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका मुद्दा विषयमा बोल्नु गलत भएको उहाँको भनाइ छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij