
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य भने ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij