Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । संघीय सांसद तथा पूर्वमन्त्री एकनाथ ढकालले गोरखास्थित मनकामना मन्दिरको दर्शन गरी बिशेष पूजा अर्चना गरेका छन्।
आइतबार आफ्नो परिवारका सदस्य तथा नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबु थापालगाएत साथमा लिएर गृह जिल्ला गोरखाको चर्चित धार्मिक स्थल मनकामना पुगेका थिए । ढकालले मनकामना मन्दिर परिसरको थप विकास तथा धार्मिक पर्यटनको प्रबद्धन गर्ने सम्बन्धमा स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij