Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मुद्दा अदालतमा, सरकार निर्वाचनमा

मुद्दा अदालतमा, सरकार निर्वाचनमा

  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकार भने निर्वाचन तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका छन्। निर्वाचन आयोग पनि निर्वाचन तयारीमा जुटेको छ। नेकपा दाहाल–नेपाल समूहले अदालतको फैसला नआउँदासम्म निर्वाचन तयारी रोक्न गरेको आग्रहलाई आयोगले अस्वीकार गरेको छ। आयोगले मतदाता नामवली अद्यावधिक गरिरहेको छ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन तयारीका लागि गृह मन्त्रालयमा संयुक्त बैठक राखेर बजेट अभाव हुन नदिने आश्वासन दिँदै तयारीमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। अर्थमन्त्रीले सुरक्षा निकायका अधिकारीसँग आवश्यक बजेटको खाका मागेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग चुनावी बजेटबारे छलफल भएको छ। गृहमा सोमबार आयोजित बैठकमा गृहमन्त्री थापा र अर्थमन्त्री पौडेलले सुरक्षा निकायका अधिकारीसँग निर्वाचन सुरक्षा र आवश्यक बजेटबारे छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले आवश्यक बजेट निकासा गर्ने प्रतिबद्धता जनाएका थिए। गृह मन्त्रालयले सोमबार नै निर्वाचनको वातावरण बनिसकेको जनाउँदै सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको थियो। सरकारले निर्वाचन मिति वैशाख १७ र २७ गते तोकेको छ।

    AGNI GROUP

    सरकार र आयोगले निर्वाचनसम्बन्धी तयारी अगाडि बढाए पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। गृह मन्त्रालयमा निर्वाचन सुरक्षा र तयारीसम्बन्धी दैनिक बैठक हुन थालेका छन्। गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँग छलफल गरिरहेको छ। नेपाल प्रहरीका उच्च अधिकारीसँग आइतबार निर्वाचन सुरक्षाबारे छलफल गरेको गृह मन्त्रालयले सोमबार अर्थमन्त्रीसहित सुरक्षा अधिकारीहरूको बैठक राख्यो। गृहले मंगलबार सशस्त्र प्रहरीका उच्च अधिकारीलाई निर्वाचन सुरक्षा योजना बनाउन र तयारी थाल्न निर्देशन दिएको छ। ‘स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि स्रोतसाधन कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला, कमी हुन दिइने छैन,’ गृहमन्त्री थापालाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षा योजना बनाएर मन्त्रालयमा पेस गर्न समेत निर्देशन दिएका छन्।  आजको नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij