Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘ओलीको सेटिङमा अदालत फस्दैन’

‘ओलीको सेटिङमा अदालत फस्दैन’

  • पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना हुनबाट प्रधानमन्त्री केपी ओली मात्र होइन, दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने ठोकुवा गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    दाहालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले पुनस्र्थापना हुने बताए। कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, संसद् पुनस्र्थापना हुन्छ, त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट।’ उनले संविधानविपरीत अदालतबाट पुनस्र्थापना नभए जनताको बलबाट गर्ने चेतावनी दिए। ‘जनता नै सबैभन्दा ठूलो अदालत हो,’ उनले भने, ‘संविधानविपरीत संसद् विघटन गर्ने कुरालाई सदर गरियो भने त्योभन्दा ठूलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन्।’

    AGNI GROUP

    दाहालले आधिकारिक नेकपा आफूहरू नै भएको र सूर्य चिह्न पनि पाउनेमा आफूहरू ढुक्क रहेको बताए। ‘तपाईंहरू यसमा पनि ढुक्क हुनस्,’ उनले भने, ‘नेकपा हाम्रै हुन्छ, सूर्य चिह्न हाम्रै हुन्छ, दुनियाँको कुनै तागतले त्यसलाई हामीबाट खोस्न सक्दैन।’ निर्वाचन आयोगप्रति शतप्रतिशत विश्वस्त रहेको बताउँदै उनले थपे, ‘विधिविधान मिचेर नेकपा र सूर्य चिह्न खोसियो भने नेपालमा आँधीहुरी आउँछ।’आजको नागरिक दैनिकमा समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij