
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनलाई नेपालका परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । उनी नेपाल–भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
बैठक आजैदेखि काठमाडौँमा सुरु हुँदैछ । संयुक्त आयोगको बैठकले द्धिपक्षिय सम्बन्ध र आपसी सहकार्यका विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij