
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । प्रहरीले छोराको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूबीच घरेलु विषयमा विवाद हुदाँ राईले १८ वर्षीय छोरा जीवन राई माथि खुकुरी प्रहार गरेको भनाइ छ ।
खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij