Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल

  • वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी सोही मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख दिने निर्णयसमेत गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij