
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौें । पूर्वभूमिसुधार राज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालय पुगेकी छन् । अनुयायीहरूलाई बलात्कार गरेको, बेपत्ता पारेको, हत्या गरेकोलगायतको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बचाऊ गर्दै लामा त्यहाँ पुगेकी हुन् ।
उनले प्रहरीलाई हत्कडी नलगाउन आग्रहसमेत गरेकी छन् । अहिले बम्जनलाई सर्लाही लान प्रक्रिया मिलाइँदैछ । पूर्वराज्यमन्त्री लामाले आफ्नै गाडीमा बम्जनलाई सुरक्षित सर्लाही लाने बताएकी छन् । तर, प्रहरीले मानेको छैन । उनले प्रहरीलाई भनेकी छन्, “रामबहादुर बम्जन हाम्रो भगवान् हुन्, हत्कडी नलगाइदिनुस् । सर्लाही मेरै गाडीमा लैजाउँ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij