Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । नेकपा एमालेले युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रूपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
उनले भने,‘अब युवा पुस्ताकै समीपमा रहेर समस्याको पहिचान गर्ने र समाधानका उपायको खोजी गर्ने अनि ‘समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन अभियान अगाडि बढाएका हौँ । देशव्यापी आयोजना गरिने अभियान हामीले काठमाडौंमा थालनी स्वरूप ‘युवा महोत्सव–२०८०’ एवम सम्मानको आयोजना गर्दै छौँ ।’
काठमाडौंको टुँडिखेलमा हुने महोत्सव पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij