Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

गुल्मीको छत्रकोट गाउँपालिकाकाे भवन नौ करोड लगानीमा बन्ने

गुल्मीको छत्रकोट गाउँपालिकाकाे भवन नौ करोड लगानीमा बन्ने

  • काठमाडौं । गुल्मी छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा यस गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    एक औपचारिक कार्यक्रमको आयोजना गरी त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सो भवनको शिलान्यास गनुभयो ।त्यस अवसरमा उहाँले लामो समयको मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासकीय भवन बनाउन लागेको बताउनुभयो ।

    AGNI GROUP

    नौ करोड ११ लाख दुई हजार ९७९ रुपियाँ ७६ पैसा लागतमा २०८२ मङ्सिर ८ गतेभित्र सम्पन्न गर्ने गरी जिम्मा अम्बे मा बलदेव जेभीले निर्माण गर्ने सम्झौता भएको छ । भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्रहालयसहित ४ तलाको बन्नेछ । भवनमा अशक्त र वृद्ध वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएकाे गाउँपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij