Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

देउवा र दाहाल-नेपाल गोप्य भेट : संयुक्त संघर्ष र सत्ता सहकार्यको प्रस्ताव

देउवा र दाहाल-नेपाल गोप्य भेट : संयुक्त संघर्ष र सत्ता सहकार्यको प्रस्ताव

  • काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका खबर कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् । दाहालले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताए । त्यसपछि दाहालले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेका थिए ।

    AGNI GROUP

    दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको सम्बद्ध स्रोतको भनाइ छ । उनीहरूले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गरेका थिए तर देउवाले सकारात्मक जवाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको हो ।

    ‘पहिले त प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी नै ल्याउनुपर्छ भन्नेबारेमै हाम्रो नेतृत्व केन्द्रित भयो, त्यसमा देउवाजीको पनि समर्थन थियो,’ नेकपा उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसपछि हाम्रा अध्यक्षद्वयले आन्दोलनमा तपाईंको समर्थन हो भने आन्दोलन कमजोर बनाउने गरी किन चुनावमा जाने कुरा गरिरहनुभएको छ भनेर सोध्नुभएको थियो ।’

    उक्त प्रश्नमा कांग्रेस सभापति देउवाको जवाफ के थियो त ? ‘हाम्रो पहिलो प्राथमिकता त प्रतिनिधिसभा पुनःस्थापना नै हो, मैले केपी ओलीले असंवैधानिक काम गरे भनिसकेकै छु, संसद् पुनःस्थापित होला/नहोला, त्यही भएर चुनावको तयारीमा पनि लागौं भनेको हो, प्रतिनिधिसभा पुनःस्थापना हुन्न चुनावमा लागौं भनेको हैन, दुईवटै विकल्प खुल्ला राखौं भनेको हो,’ देउवाले दाहाल–नेपालसँग भनेका थिए । त्यसपछि नेकपाका अध्यक्षद्वयले अहिले प्रतिनिधिसभा पुनःस्थापित हुन्न भन्दा पनि पुनःस्थापनाका लागि एकजुट होऔं भनेर प्रस्ताव गरे । ‘अनि बल्ल उहाँहरूका बीचमा प्रतिनिधिसभा पुनःस्थापित भए के हुन्छ त भन्ने कुरा आएको थियो,’ नेतात्रयसम्बद्ध स्रोतको भनाइ छ, ‘प्रतिनिधिसभा पुनःस्थापित भए देउवा प्रधानमन्त्री बन्न ओलीकै साथ चाहिन्छ भन्ने छैन भनेर हाम्रातर्फबाट कुरा गयो, त्यसमा उहाँले प्रतिक्रिया दिनुभएको छैन ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij