Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा त्रिपाठी ३०९ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी डा.रामकुमार अधिकारीले २३८ मत पाए । उपाध्यक्षममा अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।
अधिवेशनमा ५७८ जना मतदाता थिए । मतदानका लागि १५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij