Jun 12 2026 | २०८३, जेठ २९ गते
वाग्मती । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । देश संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
“माघे÷माघी÷मकर सङ्क्रान्ति पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाइ सामाजिक न्यायसहितको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि भावनात्मक एकताका साथ आ–आफ्नो ठाउँमा जुट्न हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij