Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

राजकुमार बने होस्टल व्यवसायी संघ भक्तपुरका कमाण्डर

राजकुमार बने होस्टल व्यवसायी संघ भक्तपुरका कमाण्डर

  • काठमाडौं । होस्टल व्यवसायी संघ नेपालको भक्तपुर जिल्ला शाखाको अध्यक्षमा राजकुमार मानन्धर निर्वाचित भएका छन् । ९ सदस्यीय कार्यसमितिमा मानन्धर सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । भक्तपुर शाखाको उपाध्यक्षमा अनु सिटौला, सचिवमा गणेश श्रेष्ठ, सहसचिवमा सिताराम सैँजु, कोषाध्यक्षमा अनिता थापा निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै सदस्यहरुमा विनोद श्रेष्ठ, मिना महत गनेजु, सुबिन सिङ्गु र निकेश श्रेष्ठ निर्वाचित भएका छन् । साथै, सल्लाहकारमा तारानाथ चौलागाईँ मनोनित भए ।

    AGNI GROUP

    होस्टल व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष सुनिल भेटवालले भने, ‘हामी करिब १० वटा जिल्लामा शाखा बिस्तार गर्ने अभियानमा छौं ।’ 

    'होस्टल व्यवसायी संघ नेपालको शाखा बिस्तार अभियान भएको यो तेश्रो जिल्ला हो ।  यसभन्दा अघि काठमाडौं र ललितपुरमा जिल्ला कमिटि गठन भईसकेको छ ।' होस्टल व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष सुनिल भेटवालले भने, ‘हामी करिब १० वटा जिल्लामा शाखा बिस्तार गर्ने अभियानमा छौं ।’

    हरेक होस्टल र होस्टल व्यवसायीहरुले आचारसंहित अक्षरंश पालना गरेर यो व्यवसायलाई मर्यादित बनाउन सकिने बताउँदै केन्द्रिय अध्यक्ष भेटवालले भने, ‘हामी यही एजेन्डालाई जिल्ला शाखा बिस्तारसँगै सबै व्यवसायीहरु सामु पु¥याउनेछौं ।’ 

    भक्तपुर शाखाको कार्यसमिति चयन समारोहमा केन्द्रिय सल्लाहकार मदन पौडेल, उर्मिला भट्टराई बराल, निवर्तमान अध्यक्ष रेवती खड्का, निवर्तमान वरिष्ठ उपाध्यक्ष रुपाली पौडेल, निवर्तमान उपाध्यक्ष अल्पना कर्माचार्य, निवर्तमान सल्लाहकार दौपदी ओली र ज्ञानु पुडासैनी, काठमाडौं जिल्ला अध्यक्ष नविन कोइराला, सिंगो केन्द्रिय पदाधिकारी, काठमाडौं जिल्ला कमिटि र ललितपुर जिल्ला कमिटिलगायत होस्टल व्यवसायीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।  

    e5b25258-2373-40ca-9042-c33b60ad305a.jpg

    d560625d-f6dc-46db-bf92-b6dd8b236bc9.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij