
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । इलाम-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij