Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताउनुभएको छ । ‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको स्पष्ट पार्नुभयो ।
“मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चाल्नुभएको कदम प्रतिगामी नभई अग्रगामी हो ।” उहाँले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंंवैधानिक र प्रतिगामी हुनै नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह आग्रह गर्दै सञ्चारमैत्री नीतिनिर्माणमा आफूू केन्द्रित भएको दोहो¥याउनुभयो । त्यसका लागि आफूले सरोकार निकायसँगको सहकार्यमा जोड दिएको उहाँको भनाइ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij