Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

निर्वाचनले पूर्वाधार विकासका काम रोकिँदैन : मन्त्री नेम्वाङ

निर्वाचनले पूर्वाधार विकासका काम रोकिँदैन : मन्त्री नेम्वाङ

  • पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताउनुभएको छ । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताउनुभयो । तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा हेंवा खेला पुल ९बेली ब्रिज०को आज शिलान्यास गर्नुहुँदै मन्त्री नेम्वाङले सरकार निर्वाचनमा जुटे पनि पूर्वाधार विकासमा कुनै पनि असर पर्न नदिन उत्तिकै सचेत रहेको बताउनुभयो । “विकासका आयोजना र सामाजिक सुरक्षाका क्षेत्रमा कहीँ पनि बजेट अभाव हुने छैन”, मन्त्री नेम्वाङले भन्नुभयो, “बरु सबै सरकारी निकाय बजेट खर्च बढाउनुपर्ने आवश्यकता छ ।” १४८ किलोमिटरको तमोर करिडोर सडकको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिँदै मन्त्री नेम्वाङले यो सडक दुई छिमेकीलाई जोड्ने सबैभन्दा द्रुत र प्रभावकारी सडकका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । यो सडकका कारण पूर्वी पहाडका धेरै सर्वसाधारणको आर्थिक स्थितिमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री नेम्वाङले भन्नुभयो, “राम्रो गोरेटोबाटो नभएको ठाउँमा दुई लेनका सडक पु¥याइएको छ । यही नै विकास र परिवर्तन हो ।” पूर्वाधार विकाससँगै स्थानीयवासीको आयआर्जन अभिवृद्धिमा स्थानीय सरकार केन्द्रीत हुनुपर्नेमा मन्त्री नेम्वाङले जोड दिनुभयो । 

    onlinepatrika
    Arghakhachi

    तमोर करिडोरको ट्र्याक खोलिएसँगै सडक सञ्चालनमा ल्याउन पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय फिदिमले हेंवा खोलामा ५४।७५ मिटरको पुल ९बेली ब्रिज० निर्माण थालेको हो । ४।२ मिटर चौडाको यो पुलको कूल लागत रु ९६ लाख ७५ हजार रहेको योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । ३२ टन कूल भार क्षमताको यो पुल आगामी तीन महिनामा निर्माण सम्पन्न हुने न्यौपानेले बताउनुभयो । 

    AGNI GROUP

    तमोर कोरिडोरमा १७ वटा पुल निर्माण गर्नुपर्नेमा हेंवा खोलामा बेली ब्रिज र सुभाङ खोलामा ट्रिपल सेल बक्स कल्भर्ट निर्माण गर्न लागिएको उहाँको भनाइ छ । १४८ किलोमिटरको तमोर करिडोर सडकको चार किलोमिटर ट्र्याक मात्रै खोल्न बाँकी रहेको छ । यो सडक चतराबाट मुलघाट–माझीटार–सुभाङखोला हुँदै गणेशचोक पुग्दछ । सुभाङखोलाबाट चीनसँग जोड्ने ओलाङचुङ्गोला सडक निर्माणाधीन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij