Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

जडीबुटीबाट प्रदेशको समृद्धि सम्भव छ : प्रदेश प्रमुख कलौनी

जडीबुटीबाट प्रदेशको समृद्धि सम्भव छ : प्रदेश प्रमुख कलौनी

  • कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाटै प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । राष्ट्रिय योग दिवसका अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको बताउनुभयो । 

    onlinepatrika
    Arghakhachi

    प्रदेश प्रमुख कलौनीले यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतीतो जस्ता यहाँका मूल्यवान जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारका माध्यमबाट कर्णालीवासीले आर्थिक उन्नति हासिल गर्नसक्ने धारणा राख्नुभयो । 

    AGNI GROUP

    बहुमूल्य जडीबुटी सडेर खेर गइरहेकोतर्फ सङ्केत गर्दैै उहाँले भन्नुभयो, “यसका लागि तीन वटै तहका सरकारले जडीबुटीलाई आर्थिक उपार्जनसँग जोड्ने योजना ल्याउनुपर्छ, तबमात्रजनताको जीवनस्तरमा केही सुधार आउन सक्छ ।” 

    उहाँले योग र ध्यानका लागि नेपाल पवित्र तपोभूमि रहेको भन्दै यही भूमिमा ऋषिमुनि तथा वैद्यले जप, तप, ध्यानका माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गर्नुभयो । “योगले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले नियमित योगाभ्यासबाट विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस–१९ र अन्य रोगविरुद्ध लड्न मद्दत गर्छ”, उहाँले भन्नुभयो, “योग र ध्यानका माध्यमले शरीरलाई स्वस्थ बनाउने हाम्रा पूर्वजको खोज, अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको तथ्य हो, यसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ ।”

    प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले कर्णालीमा योग र ध्यान कार्यलाई उत्पे्ररित गर्न यससम्बन्धी शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्कालगायतले योग, ध्यान र आयुर्वेदसँग सम्बन्धित विषयमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपालमा विसं २०७२ देखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यस वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij