Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सरकारको विरोध गर्ने नेविसंघको नौलो तरिका

सरकारको विरोध गर्ने नेविसंघको नौलो तरिका

  • काठमाडौँ संसद विघटनको विरोधमा नेपाली कांँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बिहीवार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

    AGNI GROUP

    नेपाल विद्यार्थी संघ शंकर क्याम्पसद्वारा आयोजित प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमको संयोजन नेता दिपक ओझाले गरेका थिए  भने बिभिन्न रचनात्मक तथ्य प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा,सुदिप बनाडी,दिल सैनाई,सुनिल पराजुली,आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।

    बिरोध सभालाई सम्बोधन गर्दै नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले  ओलीले ब्यप्त भ्रष्टाचार लसि लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij