Jun 12 2026 | २०८३, जेठ २९ गते
२३ राजनीतिक संगठनले जी न्यूजका सम्पादक अनधिकृतरुपमा कालापत्थर पुगेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्सना गरेको छ ।
देशको अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने काम अविलम्ब अघि बढाउन संगठनले सरकारसँग जोडदार माग गरेको छ । २३ राजनीतिक संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका कालापानीबाट भारतीय सेना हटाउने काममन लागि पहल गर्न सुझाव दिइएको छ ।
यस्तै नेपाल र भारतका बीचमा भएको सन् १९५० को असमान सन्धि खारेज गराउने प्रस्ताव प्रस्तुत गर्न, कोभिड–१९ को खोपबारे सबै विषय टुंग्याएर आवश्यक मात्रामा भारतबाट खोप ल्याउने व्यवस्था गर्न, सुस्ता, महेशपुरलगायतका अतिक्रमित नेपाली भूभाग फिर्ता गर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij