Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष९आव०को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

     गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो । आव २०७५÷७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो । 

    AGNI GROUP

     तुलनात्मक रुपमा कार्यालयले चालु आव २०७४÷७५ को भन्दा रु एक अर्ब ४२ करोड ४३ लाख ४४ हजार, आव २०७५÷७६ को भन्दा रु ७० करोड ८४ लाख तीन हजार र आव २०७६÷७७ को भन्दा रु ३७ करोड ४४ लाख ३४ ले बढी राजस्व सङ्कलन गर्न सफल हुनुमा कार्यालयले कडा मेहनत, अनुगमन र क्रियाशीलताले बढाएको प्रमुख सापकोटाले बताउनुभयो  । चालु आवमा सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क रु एक अर्ब २० करोड ८९ लाख ६३ हजार छन् । अन्तःशुल्कतर्फ चालु आवको छ महिनाको अवधिमा रु दुई अर्ब तीन करोड ४४ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्यमा रु ८२ करोड ५४ लाख ६० हजारले कम सङ्कलन हुनुको कारण मादकपदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनु रहेकोे प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

     कार्यालयले चालु आवमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढी रहेको, निर्माणका कार्यहरु पनि शुरु भएको अवस्थामा र कारोना महामारीको अवस्थामा पनि व्यापार व्यावसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट