Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खाँदैन : नेता सिंह

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खाँदैन : नेता सिंह

  • काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ । उक्त पार्टीको काठमाडाँै महानगर समितिद्वारा यहाँ आयोजित विरोध ¥याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुुगेर सभामा परिणत भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाउनुुभयो । पूूर्वउपप्रधानमन्त्री सिंहले भन्नुुभयो, “प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुुपर्छ भन्ने लोकतान्त्रिक मूूल्य मान्यतासँग मेल खाँदैन ।”

    AGNI GROUP

    न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफूू विश्वस्त रहेको बताउदै नेता सिंहले भन्नुुभयो, “हल्ला त अनेकाँै चलेका छन्, न्यायमूूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुुग्नुुहुुनेछ , विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ ।” राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उहाँले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गर्नुुभयो ।

    सो अवसरमा काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गर्नुुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij