
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुर उद्योग वाणिज्य संघ आन्दालोनमा उत्रने तयारीमा रहेको छ । आन्दोलनको तयारीका लागि संघको कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ । सिरोहिया पक्राउको विरोधमा के कस्ता आन्दोलन कार्यक्रम गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा बसिरहेको बैठकमा वाणिज्य संघका पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति पदाधिकारी, पूर्वमेयर, व्यापारी, पत्रकारलगायतको उपस्थिति छ ।
बैठकपछि उद्योग वाणिज्य संघको अगुवाइमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij