Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बसिरहेको छ । जनमत पार्टीको केन्द्रीय कार्यालय, मध्य बानेश्वरमा बैठक जारी छ ।
जनमतका अध्यक्ष सिके राउतको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल भइरहेको सहभागी एक नेताले जानकारी दिए ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij