Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

घरको काम छोरालाई पनि सिकाऔंँ !

घरको काम छोरालाई पनि सिकाऔंँ !

  • टीकापुर । कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उहाँका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा हुनुहुन्छ ।  निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरहनु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    ‘‘मेरा लागि छोराछोरी बराबर हुन्, मैले घरभान्सा र सरसफाइको काममा दुवैलाई बराबरी गराउँछु, उनीहरु बीच विभेद छैन’’, उहाँले भन्नुभयो, ‘‘छोराले खाना पकाए छोरी भाडा माँझ्छिन्, छोराले झाडु लगाए छोरीले पोछा लगाउँछिन् । यसरी काम बाँडेकी छु ।’’
    घरमा बाख्रा र भैँसीसमेत पाल्नुभएका रुपालाई घरको काम धेरै हुन्छ । उहाँलाई छोराछोरीले भान्सा र सरसफाइका काममा सघाउँछन् । छोराछोरीलाई एउटै विद्यालयमा अध्यापन गराइरहनुभएका रुपा घरको काम छोराछोरी दुवैलाई सिकाउन आवश्यक रहेको बताउनुहुन्छ ।

    AGNI GROUP

    ‘‘काम सिकेको छोराले पछि सुख पाउँछ, काम नजानेको छोरा भए बुहारीले पनि दुःख पाउँछे”, उहाँले भन्नुभयो, ‘‘मिलेर काम गरे पो समान व्यवहार भयो । समान व्यवहार त घरबाटै शुरु गर्ने हो । हामी सानैदेखि छोरीलाई घरको कामको बोझ थोपार्छाँै, अनि त्यो परम्परा बाँचुञ्जेल चलिरहँदा महिलाले दुःख पाइरहेका घटना सुनिन्छन् ।’’

    कैलाली, जोशीपुरकी सुस्मिता चौधरीले आफ्ना दुई छोरी र एक छोरालाई पनि घरको कामको बाँडफाँट गरी बराबरी लगाउनुभएको छ । ‘‘जीवन सबैको बराबर हो, पढ्ने समयमा पढ्छन्, फुर्सदमा घरको काम मिलेर गर्छन्, अवसर र व्यवहार सबैले समान पाउनुपर्छ भन्ने बुझेकी छु”, सुस्मिताले भन्नुभयो, “घरको काम, लुगा धुने, खेतबारीको काम सबै बराबरी गर्छन् । काम ठग्ने बच्चालाई मैले आवश्यकता पूरा नगर्ने चेतावनी दिन्छु ।’’

    उहाँ सानैदेखि समान व्यवहार र सबै काम गर्नुपर्छ भन्ने सिकाएमा विभेद अन्त्य हुने बताउनुहुन्छ । ‘‘हामीले निकै विभेद भोगेर हुर्कियौँ, दाइभाइ विद्यालय पढ्न जान्थेँ, हामी दुई दिदीबहिनी थियौँ, हामीले आमासँग खेत र बारीमा काम ग¥यौँ, त्यो बेला निकै मन पोल्थ्यो”, सुस्मिताले भन्नुभयो, “त्यही पीडाले मलाई आफ्ना छोराछोरीमा विभेद गर्नुहुन्न भन्ने सिकाएको हो ।’’ छोराछोरीबीच अभिभावकले गर्ने विभेदका कारण छोरीमाथि हुने हिंसा घट्न नसकेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘छोराहरुलाई पनि काम गरेर घरपरिवार सम्हाल्ने जिम्मेवारी बोध गराउनमा कतिपय अभिभावकवाट कमीकमजोरी भइरहँदा महिलाप्रतिको समान व्यवहार हुने कुरामा समस्या भइरहेको छ ।‘‘

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट