Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

महानगरद्वारा नातागोताबाहेक राखिएका बालबालिकाको खोजी सुरू

महानगरद्वारा नातागोताबाहेक राखिएका बालबालिकाको खोजी सुरू

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ । आफूसँग नातागोताबाहेकका त्यस्ता बालबालिका भए २१ दिनभित्र सम्बन्धित वडा कार्यालयलाई थाहा दिन भनिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना तथा नातागोताबाहेकका बालबालिका रहे-बसेका भए यो सूचना जारी भएको मितिले २१ दिनभित्र महानगरपालिकाले जारी गरेको बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८० को दफा १६ को उपदफा (५) सँग सम्बन्धित अनुसूची (३) मा तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेस गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

    AGNI GROUP

    नातागोता भन्नाले बालबालिकाका आमा वा बुवातर्फका तीन पुस्ताभित्रका नातेदार सम्झनुपर्ने महानगरको प्रष्टोक्ति छ । १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाइएको भए त्यसको नियन्त्रणका लागि महानगरले पहल थालेको हव ।

    त्यस्तै महानगर क्षेत्रभित्रका होटेल, बार, रेस्टुरेन्ट, घर, यातायात, निर्माण सेवालगायतका विभिन्न क्षेत्रमा गैरकानूनी रूपमा बालबालिकालाई श्रममा लगाइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने महानगरले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij