Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशीसँग कुनैपनि सम्बन्ध राख्दैमा देशद्रोही नहुने बताएकी छन् ।बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला भन्दै हेपेको चर्चा भएको थियो ।
सो अभिव्यक्तिलाई सुमनाले घुमाउरोरुपमा जवाफ दिएकी हुन् । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, “के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij