
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । विराटनगरमा आन्दोलनरत विद्यार्थीको समूहले सरकारी गाडीमा आगजनी गरेको छन् ।
उनीहरुले महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । आक्रोशित विद्यार्थीको समूहले सडकमा दौडिएका अन्य सरकारी गाडीमाथि ढुंगा प्रहार गरेका छन् ।
मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित छन् ।
उनीहरुले आजै बिहान रोडशेष चोकमा केही समय सडक अवरुद्ध गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij