Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जनप्रतिनिधिद्वारा विपन्न तथा ज्येष्ठ नागरिकलाई सिरक वितरण

जनप्रतिनिधिद्वारा विपन्न तथा ज्येष्ठ नागरिकलाई सिरक वितरण

  • सिराह । सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर  पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए । 

    onlinepatrika
    Arghakhachi

    केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उहाँको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । 

    AGNI GROUP

    चिसोबाट जोगिन न्यानो लुगा लगाउनु, झोलिलो खानेकुरा खानु, आगो बालेर घुर ताप्दा सतर्कता आउनु जस्ता चेतनामूलक पम्पलेट लिएरै सिरक वितरण गर्न सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख पुगेर पछि स्थानीय दङ्ग परेका थिए । सो अवसरमा प्रदेश कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको हातबाट सिरक पाएपछि वडा नं ४ का ६५ वर्षीय पुदन सदाको खुशीको सीमा नै रहेन । उहाँ मञ्चमै भावविह्ल हुन भएको थियो । सुखीपुरले वडा नं ४ का दलित, विपन्न तथा ज्येष्ठ नागरिक गरी २०० जनालाई सिरक वितरण गरेको छ । 

    विगत केही दिनदेखिको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित आफ्ना नागरिकको ज्यान जोगाउनु आफूहरुको कर्तव्य हो भने बुझेर न्यानो लुगा वितरणसँगै जनचेतना जगाउन थालिएको नगरप्रमुख रामअवतार यादवले बताउनुभयो । 

    यस्तै सिरहा नगरपालिकाले पनि वडा नं ६ बसबिट्टाका २५० परिवारलाई कम्बल वितरण गरेको र अरु वडामा पनि सिरक र कम्बल वितरण गरिने योजना रहेको जनाएको छ । सिरहा  र सुखीपुर नगरपालिकाले मात्र होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई चिसोबाट जोगाउन सिरक, कम्बल र न्यानो लुगा वितरण गर्दै जनचेतना जगाउन सक्रिय बन्नुभएका छन् ।

    शीतलहर र चिसो जस्तो विपद्बाट आफ्ना नागरिकलाई जोगाउन जिल्लाभरीका जनप्रतिनिधि सक्रिय भएपछि जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोना महामारीको सन्त्रासका बेला आफ्ना नागरिकलाई भरोसा दिलाउन सफल भएका जनप्रतिनिधि जनताको दैलोमा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको छ, सिरहा– ६ का शम्भु सदाले भन्नुभयो, “यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भए पनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।”

    जनताका लागि केही गर्दैन, केबल जनप्रतिनिधि कमाउनमै व्यस्त रहेको आरोप जनप्रतिनिधिमाथि लागिरहेका बेला आइपुग्न लागेको कोरानो महाविपद् र अहिलेको शीतलहरको घडीमा जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा न्यानो लुगा बोकेर पुग्न थालेपछि त्यो भ्रमसमेत हट्ने उहाँको विश्वास छ ।  

    जिल्लामा १७ वटा स्थानीय तह छन् । ती स्थानीय तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला कि त गाउँगाउँमा चिसोबाट प्रभावित आफ्ना नागरिकलाई कसरी जोगाउनेसम्बन्धी जनचेतना जगाउनमा मस्त छन् कि त सिरक र कम्बल वितरण गर्न  सक्रिय बनेका छन् । यसका साथै स्थानीय तहको सक्रियतामा बजार तथा भिडभाड हुने स्थानमा आगो बाल्न दाउरासमेत उपलब्ध गराउन थालिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट