Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले सरकारले मलको अभाव छैन भन्ने तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी र बोडे लगायतका किसानहरुले १० किलोभन्दा बढी मल नपाएको बताए । उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे ।

    AGNI GROUP

    उनले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij