Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

  • काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा)बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

    AGNI GROUP

    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे । समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

    फुटबलको विकासमा योगदान पुर्‍याउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।

    उक्त अवसरमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी भएको बताए ।

    नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

    नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनीका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट