
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी १३ वर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर निधन भएको हो ।
पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेका थिए । उनको स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
बालिकाका बुवाले बालिकाको शव पोष्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij