Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौँ ठग्ने गिरोहका नाइके पक्राउ

फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौँ ठग्ने गिरोहका नाइके पक्राउ

  • ललितपुर ।  ललितपुर प्रहरीले अनलाइन मार्फत् विद्युतीय सामान बिक्री गर्ने भनि ठगी गर्नेलाई सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् ।

    AGNI GROUP

    पक्राउ परेका दुवैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए । यसबाट ठगिएका प्रविन प्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

    पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्ति सँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताए । अनुसन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उनकाे भनाइ छ ।

    आज सार्वजनिक गरिएका व्यक्तिले बजार मूल्य भन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा विज्ञापन गरेको देखेपछि शंका लागि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठगी धन्दा भएको खुलेको हो । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, विज्ञापन गर्ने त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट