Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

चीनको २ अर्ब सहयोगमा पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुँदै

चीनको २ अर्ब सहयोगमा पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुँदै

  • काठमाडौँ । उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम चालू आर्थिक वर्षमा मात्रै सञ्चालनमा आउने भएको छ । चीन सरकारको सहयोगमा गत आर्थिक वर्षमा सञ्चालन हुने भनिएको कार्यक्रममा २ अर्ब रुपैयाँ लगानी गरिने छ ।

    onlinepatrika
    Arghakhachi

    मानव विकास सूचकांकमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपालको चीनसँग सीमा जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम कोरोना भाइरस (कोभिड–१९) का कारण गत आर्थिक वर्षमा सञ्चालन हुन सकेको थिएन ।

    AGNI GROUP

    सरकारले गत आर्थिक वर्षकै बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । गत वर्ष सञ्चालन हुन नसकेपछि चीन सरकारले चालू आर्थिक वर्षमा सोही कार्यक्रमलाई निरन्तरता दिन लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ ।

    मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले चालू आर्थिक वर्षमा चीन सरकारकै आग्रहमा १५ जिल्लाका स्थानीय तह छनोट गरी चीन सरकारलाई प्रस्ताव पठाइएको जानकारी दिए । सम्बद्ध ३ वटा क्लस्टरमा विभाजन गरी १५ जिल्लाभित्रका पूर्वी, मध्य र पश्चिम क्षेत्रका कम्तीमा एउटा स्थानीय तहमा एउटा योजना सञ्चालन गर्ने गरी योजना छनोटको प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij