Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

परराष्ट्रमन्त्रीको भ्रमणलाई किन महत्व दिएन भारतले ?

परराष्ट्रमन्त्रीको भ्रमणलाई किन महत्व दिएन भारतले ?

  • काठमाडौँ । सीमा विवादका कारण करिब एक वर्षदेखिको संवादहीनताको अवस्थामा रहेका दुई छिमेकीबीच पछिल्ला केही महिनायता संवाद सुरु मात्र भएको छैन, उच्चस्तरीय भ्रमण आदानप्रदान पनि भएका छन्। भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको भ्रमणबाट सुरु भएको उच्चस्तरीय भ्रमण भारतबाट सेनाप्रमुख मनोज मुकुन्द नरवाणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमण गरिसकेका छन्। नेपालका तर्फबाट सीमा विवाद सुरु भएपछि पहिलो पटक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हालै भारत भ्रमण सकेर फर्किएका छन्।

    onlinepatrika
    Arghakhachi

    लामो अन्तरपछि संवाद र भ्रमण आदानप्रदान हुनु आफैंमा सकारात्मक कुरा हो। तथापि दुई सार्वभौम मुलुकबीच भ्रमण आदानप्रदान हुँदा ती भ्रमणले के कति प्राथमिकता पाए भन्ने कुरा कूटनीतिक रूपमा अर्थपूर्ण मानिन्छ। तर ती भ्रमण आदानप्रदानमा नेपालले भारतीय पक्षलाई महत्व दिए पनि भारतीय पक्षले भने नेपाली पक्षलाई खासै महत्व नदिएको पाइएको छ।

    AGNI GROUP

    परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत गरे पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ। जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले त्यसलाई बेवास्ता गरेको छ। नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij